post-slider post-slider

आरजुको टिप्पणी – महामन्त्रीको प्रतिवेदन एनजिओको ‘विसलिस्ट’ जस्तो

Image
A A

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गरेकी छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि टिप्पणी गरेकी हुन्।

पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजुले महामन्त्रीको प्रतिवेदन आफूलाई राजनीतिक दस्तावेजभन्दा एनजिओको ‘विसलिस्ट’ जस्तो लागेको हो।

उनले भनिन्,‘नेपाली कांग्रेस भनेको देशको एजेन्डा सेट गर्ने पार्टी हो। यो राजनीतिक दस्तावेजभन्दा पनि एउटा एनजिओको ‘विसलिस्ट’ जस्तो मलाई लाग्यो। धेरै कार्यक्रम गर्ने तर कार्यक्रमको उपलब्धि के हो त?’

महामन्त्रीले पेस गरेको प्रतिवेदन प्रष्ट नभएको भन्दै उनले तीन चारवटा ठोस कार्यक्रममात्रै गर्नुपर्ने जिकिर गरिन्।

उनले दुर्गामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना महामन्त्रीको प्रतिवेदनमा नदेखेको उनले बताइन्।

सुशासन पार्टीको मुख्य एजेन्डा हुनुपर्ने आरजुको भनाइ छ।

‘श्रद्धेय प्रधानमन्त्री शेरबहादुर देउवाजीको धर्मपत्नी भएर चार पाँचचोटी के हुन्छ भनेर हेर्न मौका पाएँ,’ उनले भनिन्,‘हाम्रो मन्त्रीज्यूहरू प्रिपेयर्ड नै हुनुहुन्न। मन्त्री भएर जानुहुन्छ, सिधासिधै मन्त्रालय गइसक्छ। उहाँहरूले मन्त्रालय बुझेकै हुन्न।’

हरेक मन्त्रालयको संरचना र सञ्चालनबारे पार्टीभित्र सबैले बुझ्नुपर्ने आरजुले बताइन्।

 

Tags: