post-slider post-slider

ओली बालुवाटारमा, प्रचण्डले राजीनामा दिएलान्?

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

कांग्रेससँग सोमबार मध्यराति राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ।

कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरूले राजीनामा दिँदैछन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ। 

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संविधान अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ। तर, बहुमत सांसद विपक्षमा भएपछि उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ।

यसबारे निर्णय गर्न दाहालले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। उनले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने विषयमा पदाधिकारी बैठकमा निर्णय हुने एक नेताले बताए। 

सत्ताको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टीले समेत बैठक बोलाएको छ। नयाँ गठबन्धनमा सहभागी हुने-नहुनेबारे उसले निर्णय गर्ने छ।  

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ।

सो सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको छ।

सहमतिमा एमाले अध्यक्ष ओलीले सुरूको दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ।

त्यस्तै, देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निरासा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन्।

Tags: