post-slider post-slider

शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता दिनु हुँदैनः महामन्त्री थापा

Image
A A

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता दिन नहुने प्रस्ताव गरेका छन्।

कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका कारण दिन नहुने उनको प्रस्तावमा छ।

महासमिति बैठकको लागि तयार पारेका सांगठानिक प्रतिवेदन केन्द्रीय समिति जारी बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारीलगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा ठूलो अलमल छ, अब यस्तै अलमललाई निरन्तरता दिने कि बदल्ने ?’

प्रचलित कानूनले पार्टी सदस्यता लिन निषेध गरेका पेशासँग सम्बद्ध शुभेच्छुक संस्थासँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत, पेशागत, विशेषज्ञ सम्बन्ध राख्ने, सम्बन्धित पेशामा संलग्न व्यक्तिहरूलाई पार्टीको सदस्यता दिन नहुने उनले प्रस्ताव गरेका हुन्।

पार्टीमा वा पार्टीमार्फत जिम्मेवारी लिन चाहे कानूनबमोजिम रीत पुर्‍याएर आएपछि निजले आफ्नो संस्थामा सदस्य रहेर गरेको कार्यावधिलाई समेत क्रियाशिलता र योग्यताको मापनको आधार बनाउने, पार्टीको केन्द्रीय समितिदेखि विभिन्न तहमा पेशागत, विशेषज्ञता र विधागत प्रतिनिधित्वको लागि छुट्टै निश्चित संख्याको अनुपातमा कलस्टरको व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ।

Tags: