post-slider post-slider

पहिलो दिन २५ हजारले लिए दसैंका लागि अग्रिम टिकट

Image
A A

काठमाडौं- सार्वजनिक यातायातमा दसैं बुकिङ खुलेको पहिलो दिन काठमाडौंको गोंगबु बसपार्कबाट झन्डै २५ हजारले अग्रिम टिकट लिएका छन्। 

दसैंमा घर फर्कने यात्रुलाई लक्षित गर्दै यातायात व्यवसायीले सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।

पहिलो दिन २४ हजार तीन सयभन्दा बढी टिकट बुकिङ भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। सरकारसँग भएको पूर्वसहमतिअनुसार व्यवसायीहरूले देशभरकै सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन्। काठमाडौंलगायतका देशभरका मुख्य सहरहरूमा रहेका काउन्टरबाट टिकट बुकिङ सुरु गरेको उनको भनाइ छ। 

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफलपछि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो। प्रचलित भाडादरमै अग्रिम टिकट बुकिङ खुला गरिएको छ। तर, सर्वसाधारणले सहज रूपमा टिकट पाउन नसकेको गुनासो गरेका छन्।  

व्यवसाय, रोजगारी, अध्ययनलगायतका उद्देश्यसहित देशभरका लाखौं सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंलगायतका सहरमा बसोवास गर्दै आएका छन्।

दसैं मनाउनकै लागि घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक लाखौं सर्वसाधारण बाहिरिने गर्छन्।

Tags: