post-slider post-slider

सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

Image
A A

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ।

समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।

बैठकमा समितिले महालेखापरीक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन्।

देशभरिका सहकारीमा सर्वसाधारणको अर्बौं बचत हिनामिना भएपछि समिति गठन गरिएको थियो। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने स्वयम् संलग्न भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। 

तर, उनीविरूद्ध प्रहरीले मुद्दा अभियोजन गरेको छैन। लामिछानेका व्यापारिक साझेदार जिबी राई सहकारी ठगीमा फरार छन्। 
 

Tags: