post-slider post-slider

अधिवक्ता भगवती पाण्डे रिहा

Image
A A

काठमाडौं- एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्।

प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो।

अधिवक्ता पाण्डेले तामाङ र मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र यसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्। तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको हो।

तामाङ तथा मगर समुदायका व्यक्तिबारे गलत अभिव्यक्ति दिएको भन्दै उक्त समुदायका व्यक्तिहरुले बुधबार काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेका थिए।

काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले हिजो  पक्राउ गरेको थियो।

 

 

Tags: