.png)

पाकिस्तानले किन चाहिरहेको थियो– श्रीलंकाविरूद्धको म्याच भारतले जितोस्?

काठमाडौं- एसिया कपको सुपर–४ मा भारतले मंगलबार श्रीलंकालाई ४१ रनले पराजित गरेर फाइनलका लागि आफ्नो स्थान पक्का गर्यो।
तर, श्रीलंकाको २० वर्षीय दुनिथ वेलालागेको बलिङअगाडि भारतीय टिमका दिग्गज ब्याटरहरू धारासायी भए।
वेलालागेले १० ओभरमा जम्मा ४० रन खर्चेर पाँच विकेट लिए। जसमा कप्तान रोहित शर्मा, शुभमन गिल, विराट कोहलीदेखि हार्दिक पान्ड्यासम्म थिए।
वेलालागेको घातक बलिङका कारण भारतीयभन्दा पाकिस्तानको टिम डराएर बसिरहेको थियो। पाकिस्तानमा सामाजिक सञ्जालमा भारतीय टिम जानिजानि श्रीलंकासँग म्याच हारिरहेको चर्चा चलेको थियो।
पाकिस्तानका क्रिकेट समर्थकहरू मंगलबार भारतको जितका लागि कामना गरिरहेका थिए।
भारतले म्याच जितिसकेपछि पाकिस्तानीहरूलाई सन्तोष प्राप्त भयो।
पाकिस्तानलाई उपहार?
भारतको जितपछि पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तरले भने,‘पाकिस्तानीहरूले के गरिरहेको छ मैले बुझ्न सकिरहेको छैन। मिम्स र मैसेज आइरहेको छ– पाकिस्तानलाई फाइनलमा पुग्न नदिन भारत जानिबुझि म्याच हारिरहेको छ। यार तपाईंको दिमाग त ठीक छ? मानिसहरू पागल भइसकेका छन्। वेलालागेले शानदार बलिङ गरेका छन्। २० वर्षको यो बच्चाले कस्तो राम्रो खेल खेलेको छ। अर्कोतर्फ पूरा पाकिस्तानबाट फोन आइरहेको छ मैसेज आइरहेको छ कि सर, भारत जानिबुझि म्याच हारिरहको छ।’
भारत जानिबुझि किन म्याच हार्नुप¥यो शोएबको प्रश्न थियो।
‘भारत जानिबुझि किन म्याच हार्छ? ऊ यहाँबाट सोझै फाइनलमा पुग्न चाहिरहेको छ। मानिसहरू जे पनि न्युज बनाउन सुरू गरिरहाल्छन्। कम स्कोर भएता पनि भारतले संघर्ष ग¥यो यो पो न्युज हो। कुलदीप यादवले कस्तो राम्रो कमाल गर्यो,’ उनले भने।
पाकिस्तानमा जिओ न्युजका पत्रकार आरफा फिरोज जैकले पनि भारत जानिबुझि म्याच हारिरहेको भन्ने हल्लालाई निराधार बताए।
‘भारत श्रीलंकासँग जानिबुझि म्याच हार्न चाहेको भन्ने हल्ला निराधार हो। भारतीय टिम पनि अरू टिम जस्तै हो जो सबै म्याच जित्न चाहन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
भारत जितोस् भनेर पाकिस्तानले किन चाहिरहेको थियो?
पाकिस्तानको अंग्रेजी अखबार ‘डन’ मा खेलकुदका प्रमुख अब्दुल गफ्फारले लेखेका छन्,‘१४ सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकाबीच महत्वपूर्ण म्याच हुँदैछ। र, कोलोम्बोमा वर्षाको सम्भावना बताइएको छ। यदि वर्षाका कारण खेल रद्द भए पाकिस्तान सोझै फाइनलमा प्रवेश गर्नेछ।’
मंगलबार श्रीलंकाविरूद्ध भारतको स्कोर ७ विकेटमा १७८ रन हुँदा गफ्फारले ट्विट गरेका थिए,‘भारतले ७ विकेटमा १७८ रन बनाएको छ। यदि भारत आजको म्याच हार्यो भने पाकिस्तानलाई फाइनलसम्म पुग्न कठिन हुनेछ। यदि श्रीलंकाले भारतलाई र पाकिस्तानले श्रीलंकालाई हराइदिए पनि फाइनलमा पुग्न सहज छैन। किनभने भारतले बंगलादेशसँग खेल्न बाँकी छ।बंगलादेश भारतसँग पराजित भए पाकिस्तानको नेट रन रेट हेरिनेछ, जुन यो श्रृंखलामा ज्यादै खराब छ।’
पाकिस्तानका लागि आगामी यात्रा कति कठिन?
श्रीलंका र पाकिस्तान दुवै एक–एक म्याच हारिसकेको छ। दुवैलाई भारतसँग पराजयको सामना गर्नुपरेको छ। दुवै देशले बंगलादेशविरूद्ध जित हासिल गरेको छ।
भारतसँग २२८ रनले पराजित भएपछि पाकिस्तानको नेट रन रेट माइनस १ं८९२ भइसकेको छ।
उता श्रीलंका नेट रन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ। उसको नेट रन रेट माइनस ०.२ र भारतको २.६९ रहेको छ।
दुई म्याचमा पराजय भोगिसकेको बंगलादेश यसअघि नै एसिया कपको रेसबाट बाहिरिइसकेको छ।
सुपर–४ लिगमा चार अंकका साथ भारतले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ। अर्कोतर्फ श्रीलंका र पाकिस्तानसँग २–२ अंक रहेको छ।
श्रीलंका र पाकिस्तानविरूद्धको खेलमा हार्ने टिम एसिया कपबाट बाहिरिने छ। भारत फाइनलमा प्रवेश गरिसकेको हुनाले वर्षाका कारण उसको स्थिति प्रभावित हुँदैन।
१४ सेप्टेम्बरमा श्रीलंका र पाकिस्तान एकअर्काविरूद्ध भिड्दै छ। वर्षाका कारण यो खेल प्रभावित भए त्यसको प्रत्यक्ष असर पाकिस्तानमाथि पर्नेछ। खेल रद्द भए दुवै टिमले एक–एक अंक पाउनेछन्। तर, नेट रन रेटको आधारमा श्रीलंका फाइनलमा पुग्ने छ।