post-slider post-slider

बाल सुधारगृहबाट भागे डेढ सयबढी थुुनुवा

Image
A A

काठमाडौं- भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट डेढ सयभन्दा बढी थुनुवा फरार भएका छन्।

विभिन्न अपराधमा मुछिएर बाल सुधारगृहमा हिरासतमा रहेका डेढ सयभन्दा बढी थुनुवा फरार भएका हुन्।

सुधारगृहमा रहेको २५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ।

भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भगाएको प्रहरीले जनाएको छ।

यो घटनामा केही प्रहरी घाइतेसमेत भएका छन्।

एक जना १८ वर्षीय कैदी खुट्टामा घाउ भएर नागरिक अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनको केही समयपछि कैदीहरू पछाडिको ढोका फोडेर भागेको बताइएको छ।

फरारमध्ये केहीलाई समातिएको छ।

 

Tags: