post-slider post-slider

बालबालिकालाई लगाइने नियमित खोप कभरेज घट्यो

Image
A A

 

काठमाडौं । बालबालिकालाई लगाइने नियमित खोप कभरेज घटेको पाइएको छ। 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हाल ८० प्रतिशत बालबालिकाले सबै आधारभूत एन्टिजेन्सहरू विरुद्ध खोप लगाएका छन्, जुन २०११ मा ८७ प्रतिशत थियो । 

२०२२ मा कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा वृद्धि भएको देखाएको छ। २०१६ मा कुनै पनि खोप नपाएका बालबालिका १ प्रतिशत थियो भने अहिले ४ प्रतिशत रहेको छ । 

नेपालमा १५ वर्ष वा सो भन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ । यो सर्वेक्षण अनुसार प्रति एक लाख व्यक्तिहरु मध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ। जसमध्ये सबैभन्दा बढि मृत्यु वा घाइते भएका ६८ प्रतिशत सडक दुर्घटना, मोटरसाइकलको कारणले हुने गर्दछ ।

यस सर्वेक्षणमा १५ उमेर समुहका ४९ वर्षका २२ प्रतिशत महिला र ११प्रतिशत पुरुषहरूले चिन्ता (एन्जाइटी) का लक्षणहरू अनुभव गरेका पाइयो। 

२३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेका छन् भने ८५ ले १५ वर्षको उमेरदेखि यौन हिंसाको अनुभव गरेका छन् । 

समग्रमा, नेपालमा ७२ प्रतिशत विवाहित महिलाहरुले आफ्नो स्वास्थ्यको हेरचाह सम्बन्धि निर्णय आफै वा संयुक्त रुपमा गर्ने गर्दछन् भने ६० प्रतिशतले घरायसी मुख्य सर सामानहरु खरिद गर्न र ६८ प्रतिशतले आफ्नो परिवार वा आफन्तलाई भेट्न आफै वा संयुक्त रुपमा निर्णय गर्दछन् ।

Tags: