post-slider post-slider

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख निलम्बित

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन्।

नगरप्रमुखकको क्षेत्राधिकार मिचेको भन्दै कोइराला निलम्बनमा परेका हुन्। उनलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।

शिक्षा विभाग प्रमुख कोइरालाले रत्नराज्य माविमा कक्षा ११ र १२ का लागि विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए।

महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला एक्लैले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टिकरण  सोध्दै निलम्बन गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

शिक्षा समितिको बैठक मेयरको अध्यक्षतामा बस्ने व्यवस्था छ। तर, रत्नराज्य माविको सन्दर्भमा कोइरालाले शिक्षा समितिको बैठकमा नलगेर आफैंले निर्णय गरेको बताइएको छ।

महानगरबाट अनुमति पाएसँगै रत्नराज्य माविले कक्षा ११ मा विज्ञान संकायको अध्यापन सुरु गरिसकेको छ। 

हाल विज्ञान संकायतर्फ कक्षा ११ मा ३० जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेको प्राधानाध्यापक रामअशिष यादवले बताए।

उनकाअनुसार विज्ञान विषय पढाउन विद्यालयले गत असारमा महानगरबाट अनुपति पाएको थियो।

 

Tags: