post-slider post-slider

‘डाक्टर चुटेर आएँ’ भन्ने इन्सपेक्टर निलम्बित

Image
A A

काठमाडौं- मणिपाल शिक्षण अस्पतालमा आफूले ‘डाक्टर चुटेर’ आएको अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बित भएका छन्।

अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य पार्न खटिएको श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो।

गण्डकी प्रदेस प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले प्रहरी निरीक्षक श्रेष्ठलाई निलम्बन गरिएको जानकारी दिएका छन्।

श्रेष्ठमाथि थप अनुसन्धान गर्न प्रदेस प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत गठन गरिएको उनले बताए।

त्यस्तै शान्ति सुरक्षाका लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशी प्रहरी प्रधान कार्यालय तानिएका छन्।

मणिपालमा लमजुङकी ५७ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबारदेखि तनाव भएको थियो।

त्यही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टमाथि आक्रमण भएको थियो।

मृतकका आफन्त र चिकित्सकबीच तनाव भइरहँदा सुरक्षामा खटिएका प्रहरी निरीक्षक श्रेष्ठले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोशित भीडलाई उक्साएका थिए।

 

Tags: