post-slider post-slider

यस्तो रहनेछ आजको मौसम

Image
A A

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ।

तराईको अधिकांश भागमा हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ।

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेसका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका अधिकांश स्थानमा हुस्सु कुहिरोले ढाक्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायाता तथा हवाइसेवा प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

 

Tags: