post-slider post-slider

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

Image
A A

काठमाडौं- हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

Tags: