post-slider post-slider

दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

Image
A A

दोलखा, माघ १ - दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ। घटनामा दुई जना घाइते भएका छन्। 

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो खसेको थियो।

लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पहिरोमा पुरिएर सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन्।

लामावगर– लप्चि सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे नासा हाइड्रो पावरमा कार्यरत् उनीहरूमाथि पहिरो खसेको हो।

सडक खन्ने क्रममा सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खसेको र उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुख्खा पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको थियो। मौसम प्रतिकूलताका कारण हेलिकोप्टर समेत जान नसक्दा घाइतेको उद्धारमा कठिनाइ भएको छ। 

 

Tags: