post-slider post-slider

अवसर र चुनौती थपिएको छ : मन्त्री महत

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरूपयोगको चुनौती थपिएको बताएका छन्।

शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री महतले राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको बताए।

‘राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहोस्, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको छ,’ उनले भने,‘हामीले पूर्ण व्यवसायीकता र जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन।’

आफू अर्थ मन्त्रालयमा पुगेपछि इमानदारीताका साथ कसरी काम गर्ने भन्ने मानसिकताबाट काम गर्ने प्रयास गरिरहेको उनले बताए।

मन्त्री महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउन आफूले प्रयास गरिरहेको पनि बताए।

उनले भने,‘पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु। राज्यबाट पनि तपाईंहरूले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वाभाविक हो। त्यसको सहजीकरण हुन्छ।’

पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको उनले बताए।

 

Tags: