post-slider post-slider

वडाध्यक्षसहित जुवाको खालबाट ८ जना पक्राउ 

Image
A A

काभ्रे- पाँचखाल नगरपालिका-४ स्थित पाँचखाल बजारमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित आठ जनालाई प्रहरील पक्राउ गरेको छ।

शुक्रबार दिउँसो ४ बजेतिर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १ लाख ९० हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिए। पक्राउ पर्नेको पहिचान खुलाइएको छैन।

उनीहरुको विवरण संकलन कार्य भइरहेकाले पहिचान नखुलेको प्रहरी प्रमुख ढकालले बताए। पक्राउ पर्नेमा एमाले र कांग्रेसका नेताहरूसमेत रहेका छन्।

 

Tags: