post-slider post-slider

राष्ट्रियसभा बैठक एमालेद्वारा लगातार चौंथो बैठक अवरुद्ध

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। एमालेका कारण अवरुद्ध बैंठक चल्न सकेको छैन।

आइतबार राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध जारी राख्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनः स्थगित हुन पुगेको छ।

बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राखे। उनले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टीकरण दिनलायक नरहेको जिकीर समेत गरिन्। सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो भनी प्रश्न गरेकी थिइन्।

‘हामी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुख्य पात्र भएर गरिरहनु भएको प्रहसनको नाटक हेरिरहेका छौं । वास्तवमा पाष्ट हिष्ट्री सम्झन मन लाग्दैन,’ उनले भनिन्, ‘विगतमा पनि जनयुद्ध गर्दैगर्दाखेरी उहाँ र एक जना नेताले भारतलाई लेखेको पत्र पछि सार्वजनिक भएको थियो । उहाँ धेरै ढाँटनु हुन्छ देशलाई । धेरै ढाँटनु हुन्छ नेपाली जनतालाई । उहाँ स्वाधिनताको विरुद्धमा धेरै पटक उभिनु भएको छ। उहाँका यस्ता कर्तुतहरु विगतमा पनि धेरै देखिए।’

Tags: