post-slider post-slider

चितवनबाट जनकपुरतर्फ जाँदै गरेको बस हेटौंडामा दुर्घटना

Image
A A

काठमाडौं- हेटौंडामा बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन्।

चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटा भएको हो।

दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेहरूको उपचार हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा भइरहेको प्रहरीले बताएको छ।

बस अनियन्त्रित भएर सडकबाट तल खसेर र्दुघटना भएको बताइएको छ।

सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले जनाएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ।

 

Tags: