post-slider post-slider

बजेट : पुराना कार्यक्रमलाई निरन्तरता, छैन कार्यान्वयनको आधार

Image
A A

बजेटको रकम विनियोजनभन्दा पनि मुख्य भनेको नीति तथा कार्यक्रम हो। नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने बजेट आएको हुन्छ। बजेटको आफ्नै प्राविधिक पाटो हुन्छ। मलाई चासो चाहिँ नीति तथा कार्यक्रमको बारेमा हो।

स्वास्थ्यमा अपेक्षा गरेजस्तो बजेट आएन्। एकदमै न्युनतम बजेट छुट्याइएको छ। तर बजेटको तथ्यांक र नम्बर मात्र हेरेर हुँदैन। हामी कहाँ कति बजेट आएको छ। त्यसको उपयोग कत्तिको प्रभावकारी हिसाबले भइरहेको छ त्यो अर्को महत्वपुर्ण पाटो हो। त्यसको पनि मुल्यांकन हुनुपर्छ। 

हाम्रो जस्तो मुलुकमा बजेटको अभाव सँध भइरहन्छ। त्यसैले पनि हामीले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ। जे जति छ त्यसलाई सहि ढंगले परिचालन गर्नुपर्छ। 

त्योसँगै कार्यक्रमका नीति तथा कार्यक्रम कस्तो छ। त्यसको बढि लेखाजोखा गर्नुपर्छ। हाम्रो कार्यक्रम दुई बुँदामा अन्योलता छ। नयाँपन केहि छैन। 

यो विगतदेखि जुन नीति र कार्यक्रम थिए त्यसको निरन्तरता दिइरहेको जस्तो देखिन्छ। कार्यक्रमहरु जस्तो भए पनि त्यसको कार्यन्वयन हुन सक्ने आधारहरु कमजोर देखिन्छ।
 
कार्यक्रमहरु नराम्रा होइनन्। तर कार्यक्रमहरु कागजमा मात्र आएका छन्। अघिल्लो वर्ष पनि आएको थियो। त्यसभन्दा अघि पनि आएका थिए। तर हामीले विगतमा देखिएको कार्यन्वयनको प्रभावकारितालाई हेर्दा अहिले पनि ति कार्यक्रम प्रभावकारी ढंगले कार्यन्वयन हुन्छ भन्ने आधार देखिदैन। 

आधारभुत स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउने विषय यो कुनै नयाँ होइन्। विगत हरेक वर्षमा यहि आवाज सुनिरहेका छौं। तर पनि खोइ आम नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुगेको छैन। 

आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपभोग गर्न पाउनुपर्छ भनेर संविधान र कानुनमा लेखिएको छ। तर पनि हामीले त्यो उपभोग गर्न पाएका छैनौं। 

आकस्मिक स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुपर्छ भनेर संविधानमा नै लेखिएको छ। त्यसको लागी कार्यक्रम खोइ? 

यी सिद्धान्ततः गलत छैनन्। तर, कार्यन्वयनको आधार छैनन्। यो वर्षमा १०० वटा आधारभुत अस्पताल सञ्चालनमा ल्याउने भनिएको छ। यो राम्रो विषय हो। तर सबाल के छ भने थपिनेमा विश्स्त हुने ठाउँ छैन। 

अहिले अस्पताल बन्दैमा सेवा पाइन्छ भन्ने ग्यारेन्टी छ त भन्ने प्रश्न उठ्न थालेको छ। किनभने भएका अस्पतालले दिएको सेवा हेर्ने हो भने अस्पताल बन्नमात्र समस्याको समाधान होइन रहेछ। 

अहिलेको हाम्रो  समस्या र चुनौति भनेको हामीसँग भएका स्रोत साधन र संरचनाको सदुपयोग कसरी गर्ने, त्यसको प्रभावकारी उपयोग कसरी गर्ने। जे जस्तो छ त्यसले नागरिकको हितका लागि कसरी प्रयोग गर्ने त्यो अभ्यास जरुरी हो।  

सरकारको इमान्दारिता कहाँ हुन्थ्यो भने विगतमा भएका कमीकमजोरीलाई स्विकारेर अब यो कमजोरीलाई यसरी सम्बोधन गर्छौं भन्न सकेको भए केहि आधार बन्ने थियो।

त्यहि पुराना कार्यक्रमलाई निरन्तरता दिएर कहिल्यै कार्यन्वयन भएको छैन यसपटक पनि कार्यन्वयन हुन्छ भन्ने के आधार रह्यो? 

महत्वकांक्षी योजना

बजेटमा समेटिएको स्वास्थ्यका कार्यक्रम धेरै महत्वकांक्षी छन्। आर्दशहरुले मात्र भरिएको जस्तो लाग्छ। त्यहाँ व्यावहारिकता कम छ। हामीले गर्न सकिने विषयलाई इमान्दारिता साथ राख्न सकेको भए अलिकति हुन्थ्यो। 

सबै आधारभुत अस्पतालमा एमडी डाक्टर, गाइनोकोलोजिष्टसहित तीन जना डाक्टर राख्ने विषय भए एकदमै राम्रो हो। तर त्यो कार्यन्वयन हुने सम्भावना कति छ। 

अहिले हामीसँग भएको संरचनामै स्वास्थ्यकर्मीहरुको अभाव छ। अहिले हर्ने हो भने धेरै विधाका सेवामा स्वास्थ्यकर्मी राख्न सकिएको छैन भने अब बन्ने अस्पतालमा तीन जना स्वास्थ्यकर्मी राख्ने परिकल्पना कार्यन्वयन हुने आधार के लाई मान्ने? 

गएको वर्ष पनि एक स्वास्थ्य संस्था एक चिकित्सक कार्यक्रम थियो। खै त्यसको कार्यन्वयन भएको सुन्न पाइएको छैन। त्यहाँभित्र स्वास्थ्यकर्मीले विरोध गरे त्यसको पनि सही सम्बोधन हुन सकेन। खाली नारा दिएर कार्यक्रम ल्याएर हुँदैन कार्यन्वयन गर्ने आधारहरु ल्याउनुपर्छ। 

सहरी क्षेत्रमा चिकित्सकलाई एकभन्दा बढि संस्थामा काम गर्न नपाउने त्यो कार्यक्रम मात्र ल्याएर कार्यन्वयन हुन सक्दैन। बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म काम गर्नुपर्ने त्यस्तो हावादारी कुरा गरेर हुँदैन। यो लागु हुन सक्ने विषय नै होइन्।  यो कार्यक्रम व्यवहारिक छैन। 

त्यसको लागि चिकित्सकलाई निजीमा काम गर्न जान निरुत्साहित कसरी गर्न सकिन्छ त्यस्तो कार्यक्रम भएमात्र यो कार्यक्रम लागु हुनेमा आशावादी हुन सकिन्छ। 

हरेक बुँदा उस्तै छन्। बुँदाअनुसार काम भइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यसको कार्यन्वयन हुने आधार छैन।

स्वास्थ्य विमाको बुँदा अन्योलमा छ। पुनः संरचना गरिने भनिएको छ। पुनः संरचना कुन दिसातर्फ हुने हो। गएको वर्ष निजी क्षेत्रबाट सञ्चालन गरिने कुरा आएको थियो। त्यसको व्यापक आलोचना भयो। 

अहिले पुनःसंरचनाको विषय पुनः आयो। कहिँ त्यहि गर्न खोजिएको हो कि अथवा कुनै फरक ढंगले गर्न खोजिएको हो त्यसमा स्पष्टता छैन। कुन पुनःसंरचना नीतिगत हुन खोजेको हो कि। 

राज्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम लोक कल्याणकारी ढाँचाको हुनुपर्छ। स्वास्थ्य बिमाका लागि पुर्व भुक्तानी (प्रिमियम) नागरिकको आर्थिक अवस्था अनुसार तोकिनुपर्छ। सबैलाई एउटै प्रिमियममा गरिने बिमा भनेको बजारहरुमा बिमा हो। त्यसकारण त्यसलाई पुनःसंरचना भन्न खोजिएको हो कि?

राज्यले सञ्चालन गरेको बिमामा पनि बिमा सञ्चालन गर्ने एजेन्टहरु राखिएको हुन्छ। त्यस्तो खालको विषय हो। अर्थात सेवा जसरी प्रवाह भइरहेको छ। त्यो सेवा निजी र सरकारी दुवैबाट भइरहेको छ। त्यसलाई एकीकरण गर्नका लागि एकीकरण भनिएको हो। स्पष्ट नभएसम्म यसको लेखाजोखा गर्न सकिँदैन। 

स्वास्थ्य बिमामा सुधार्नुपर्ने धेरै छन्। पुनः संरचनाले सुधार्नतर्फ जाने हो कि हामीले सोचेको भन्दा अर्को दिसामा जाने हो भन्ने प्रश्न खडा भएको छ। 

२० ओटा संस्था खारेज गरिएको भनिएको छ। त्यसमा कतै स्वास्थ्य संस्था त परेको छैनन् भन्ने पनि प्रश्न उठ्छ। त्यो कहिँ पनि व्याख्या गरिएको छैन कुन–कुन संस्था खारेज भए? 

स्वास्थ्यसँग सरोकार राख्ने संस्था खारेजीमा परेका छन् कि त्यसबारेमा पनि स्पष्टता छैन। 

स्वास्थ्यका संस्थाहरु पनि खारेजीभित्र परेको भए कसरी सेवा प्रवाह हुन्छ। 

गेटा मेडिकल कलेज 

हरेक प्रदेशमा एकएकवटा मेडिकल कलेज खोल्ने यसपटक पनि भनिएको छ। नेपालमा अहिले स्वास्थ्यको शिक्षामा सुधार गर्नुपर्ने कुरा जनशक्ति उत्पादन (संख्यात्मक र गुणात्मक) मा हामीसँग भएको संरचना कमी भएर होइन्।

हामीसँग यथेष्ट संरचनाहरु छन्। यी संरचनामा हामीलाई आवश्यक जति पनि जनशक्ति उत्पादन गर्न सकिन्छ। सबाल के छ भने ति संरचनाहरूलाई ठीक ढंगबाट परिचालन गर्न सक्नुपर्छ। त्यहाँ गुणत्मक शिक्षामा बढी जोड दिनुपर्छ। 

हामीसँग भएको संरचना पर्याप्त रुपमा काम गर्न सकिरहेको छैन। अब संरचना थप गरेर हाम्रो आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ भन्ने लाग्दैन। अहिले नेपालमा मेडिकल कलेजको आवश्यकता छ कि छैन त्यसको एउटा गम्भीर बहस गर्नुपर्छ। त्यसको बहस हुन सकेको छैन। 

अहिले भएका चिकित्सा शिक्षाका संरचनालाई दरिलो जिम्मेवार र गुणात्मक शिक्षा दिन प्रोत्साहन गर्ने र सहयोग गर्ने हो। 

दिगो विकासको लक्ष्य 

दिगो विकासको लक्ष्य भनेको समग्र विकास चुनौतीको विषय हो। स्वास्थ्य तिमध्येको एउटा हो। यी सबै एकअर्कासँग गरिएका छन् र र पारस्परिक र अन्तरनिहीत पनि छन्।

त्यसैले स्वास्थ्यले मात्र दिगो विकासको लक्ष्य पुरा गर्न सकिँदैन।स्वास्थ्यको एउटा ठुलो योगदान हुन सक्छ।

Tags: