post-slider post-slider

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका थप एक कर्मचारी पक्राउ

Image
A A

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ।

बैंकका कर्मचारी दलबहादुर पुनलाई काठमाडौं प्रहरीले नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको हो।

बैंकमा जागिर खान पेश गरेको बीकमको नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीले जनाएको छ। उनले भारतीय कलेजको बीकमको नक्कली प्रमाणपत्रसँग त्रिभुवन विश्वविद्यालयले इक्विभालेन्ट भनेर दिएको प्रमाणपत्रसमेत नक्कली भेटिएको छ।

पुनको नक्कली प्रमाणपत्रका सम्बन्धमा बैंकले प्रहरीलाई जानकारी दिएको थियो। त्यसलगत्तै प्रहरीले पुनलाई नियन्त्रणमा लिएको हो। बैंकले त्रिभुवन विश्वविद्यालयसँग समेत पुनको प्रमाणपत्रबारे बुझेको थियो।

प्रहरीले बैंकका अन्य कर्मचारीहरुलाई समेत छानबिनको दायरामा राखेको जनाएको छ। बैंकका अन्य तीन जना कर्मचारीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको प्रहरीको भनाइ छ।

यसअघि सिटिजन्स बैंककै मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परिसकेका छन्।

Tags: