post-slider post-slider

ओलीको प्रश्न- सुन भित्रिदा के विमानस्थलका मानिस सुतेका थिए?

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले के सुन भित्रिदा विमानस्थलका कर्मचारी सुतेका थिए भन्दै प्रश्न गरेका छन्। सरकारको जानकारी विना विमानस्थलबाट सुन भित्रिन सम्भव नहुने बताउँदै उनले उक्त प्रश्न गरेका हुन्।

बाँकेको नेपालगञ्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा संलग्न आफ्ना मान्छेलाई बचाउन खोजेको आरोप लगाए। सरकारको जानकारीमै सुन तस्करी भएको 'एउटा सुई समेत छिर्न नसक्ने विमानस्थलमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ? मान्छे, मेशिन सुतेका वेला त्यो सुन भित्रिएको हो र?,' ओलीले भने।

करीब सय किलो सुन तस्करीमा सत्ताधारी दलका मान्छेलाई जोगाउने र अरूलाई फसाउने खेल भइरहेको उनको आरोप थियो। यतिका दिनसम्म छानबिनमा ढिलाइ हुनुमा पनि उनले शंका गरेका छन्।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब देश हाक्ने पार्टी एमाले नै भएकाले जनप्रतिनिधिले शालिनता अपनाउन निर्देशन दिए। उनले अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालिनताका साथ जनताको सेवामा लाग्न आग्रह गरे। 

Tags: