.png) 
                
                
                     
                
                खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी
 
                    काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा देश बाहिर गएकाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन्।
देउवाले आफू स्वदेश नफर्कुन्जेल पार्टी विधानको व्यवस्थाबमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।्
सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन्।
उपचारका लागि सिंगापुर गएका उनी एक सातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।
 
                                 
                 
                