post-slider post-slider

इजरायलबाट प्रधानमन्त्रीलाई पत्र- हाम्रो भरोसा तपाई हो, देश फर्किन मन छ 

Image
A A

काठमाडौं– कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका एक विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका छन्। बंगरभित्र बसिरहेका उनले आफ्नै देश फर्किन चाहेको भन्दै उद्धारका लागि पत्रमार्फत् अनुनय गरेका छन्।

अहिले कादेश, बर्निया इजरायलमा रहेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्यनयनरत कास्कीका उनले आफूहरूलाई देश फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन्। 

उनले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन। हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं। आकाशमा चरा उडेको देखेका हामीले फाइटर प्लेन र मिसाइल देख्नुपरेको छ। हामी मानसिक तनावमा पुगिसकेका छौँ। अब धेरै सोच्ने अवस्था बाँकी रहेन।’

उनले अहिले आफूहरु बंकरमा रहेको बताएका छन्। खाना र पानी खाँदा शौचालय जानुपर्ने भएकाले आफूहरु भोकैप्यासै त्यहाँ रहिरहेको पनि उनले उल्लेख गरेका छन्। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी ११ महिनाका लागि इजरायल पठाइएका छन्। तीमध्ये १० जनाको मृत्यु भइसकेको छ। केही घाइते छन्। 

Letter_to_PM_Israel1696830234.jpg

Letter_to_PM_Israel_21696830234.jpg

Tags: