post-slider post-slider

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न सरकारले लगातार प्रयास गरिरहेको बताए।

‘केही दिन पहिलामात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत्त अन्तरक्रिया गरेको छु,’ प्रचण्डले भने,‘महत्पूर्ण घोषणाहरूसमेत गरिएको छ। मेरो विश्वास छ–उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रोसामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर केही नयाँ घोषणासमेत गर्ने तयारी गरिरहेको छु,’ उनले भने।

मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको उनको भनाइ छ।

 

Tags: