post-slider post-slider

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै

Image
A A

काठमाडौं- बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ।

ब्रह्मचारिणी अर्थात तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ।

नवरात्राको ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटों दिन कत्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठ एवं दसैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ।

राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, बगलामुखी, कत्यायनी मन्दिर, भद्रकालीलगायतका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गरिन्छ।

त्यस्तै राजधानी बाहिर जनकपुरधामस्थि राजदेवी मन्दिर, सप्तरीको सखरा भगवती, धरनाको दन्तकाली, पोखराको विन्ध्यावसिनीसहितका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ।

 

Tags: