post-slider post-slider

त्रिविबाट १२ हजारबढी विद्यार्थी दीक्षित

Image
A A

काठमाडौं- त्रिभुवन विश्वविद्यलायको ४९ औं दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरू दीक्षित भएका हुन्।

त्रिविको ६१ औं ग्रेसलिस्टमा परेका ७४ हजार ७४९ विद्यार्थीहरूमध्ये १२ हजार ४१५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

निवेदन दिएकामध्ये स्नातकतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ ११२ विद्यार्थी दीक्षित भएका हुन्।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा.शिवलाल भुसालले विसं. २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उतीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएको जानकारी दिए।

गत वर्ष १० हजार ३ सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए।

भुसालले उतीर्ण विद्यार्थीलाई स्वेदशमै रोजागरीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे।

 

Tags: