post-slider post-slider

नेपालगञ्जमा कर्फ्यु

Image
A A

काठमाडौं- स्थानीय प्रशासनले नेपागञ्जमा कफ्र्यु लगाएको छ। 

दुई समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको हो।

सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखा परेपछि स्थानीय प्रशासनले कफ्र्यु लगाउने निर्णय गरेको हो।

हिन्दुहरूको समूहले नेपालगञ्जमा भेला भएर प्रदर्शन गरेको थियो। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रूपमा बागेश्वरी मन्दिरदेखि सुरू गरेको ¥याली बजार परिक्रमा गरेको थियो।

ठूलो संख्यामा निस्किएको ¥यालीमा घरमाथिबाट ढुंगा र ईटा प्रहार भएपछि स्थिति असामान्य हुँदा कफ्र्यु लगाइएको हो।

बजार क्षेत्रमा नेपाल प्रहरीका ५ सय बढी र सशस्त्र प्रहरीका १ सय बढी जवानहरू परिचालन भएका छन्।

नेपालगञ्जमा सम्भावित तनावलाई मध्यजर गरी बिहान सदभाव ¥यालीसमेत निकालिएको थियो।

सामाजिक सदभाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्म गुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको थियो।

 

Tags: