post-slider post-slider

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

Image
A A

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

दिउँसो १२ : १५ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन, समसामयिक राजनीतिकलगयातका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ।

 

Tags: