post-slider post-slider

रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु

Image
A A

रौतहट - रौतहटमा १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एक जना अमिनको मृत्यु भएको छ। 

गरुडा-४ घर भई गरुडा नगरपालिकामा कार्यरत् अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

गरुडा नगरपालिका जयनगरस्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा उनी १२ हजार भोल्टको तार छुन पुगेका थिए। 

अमिन साहलाई करेन्ट लागेको अवस्थामा उद्धार गरी अस्पताल लगिएकोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताएका छन्। 

गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्जस्थित गन्डक अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

साहको शव पोष्मार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताए। 

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Tags: