राष्ट्रपतिले बाँडेको विभूषणबाट लिम्पियाधुरा गायब ! 


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


संविधानको संरक्षकको रुपमा रहेकी राष्ट्रपतिबाटै वितरण  गरिएको विभूषणमा नेपालको नक्सा गायब भएको छ।

विभूषणमा डिजाइन गरिएको नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको भाग नै गायब भएको हो। 

यो लोगो संविधानविपरीत हो। संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ। सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ। 

संविधानको संरक्षक राष्ट्रपति हुन्। तर राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा नेपालको नक्सा पूर्ण रुपमा नभएको पाइएको हो। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफारिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्रिपरिषद्बाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।

गृह मन्त्रालयले भने ती विभूषण २०७७ वैशाखअघि नै बनाइएकाले पूरानै नक्सा भएको बताएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्नुपर्छः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

फेरि पनि असाधारण जनमतका साथ सिंहदरबार छिर्छुः केपी ओली

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले पहिले पनि आफू जस्केला, भेन्टिेलसनबाट नभई मूलगेटबाट छिर्छु भनेकोमा करिब दुईतिहाई जनमतबाट मूलगेटबाटै छिरेको

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्। आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई हराउँदै

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको