किराँत जातिको अस्तित्व राख्ने ‘खुवालुङ’


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


डाँडाकाँडा अनि पहाडलाई छिचोल्दै हतारिए झैं दौडिरहेको छ अरुण। सँगै यात्रा गर्न तमोर दुधकोशीसँग मिसिन्छ। अनि तीनै एउटा संगमस्थलमा भेट्ने योजना बनाएजसरी भेटिन्छन् खुवालुङमा।

उदयपुर, धनकुटा र भोजपुरको संगममा भेटिन्छन् यी तीन नदी। जसले बीचमा रहेको ढुङ्गालाई बडो आकर्षक वस्तुको रुपमा प्रस्तुत गर्छन्। 

खुवालुङ, त्यही ढुङ्गा हो जसले तमोर, दुधकोशी र अरुण नदीलाई एकै ठाउँमा जम्मा गराएर सप्तकोशीमा परिणत गराउँछ। उक्त ढुङ्गा तीन नदीको संगमस्थल मात्र नभई नेपालमा परापूर्वकालदेखि बसोबास गर्दै आएका किराँतहरुको धार्मिक स्थल पनि हो। 

किराँत सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सिमानामा पर्छ। वराह क्षेत्रनजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन्।

मुन्धुम परिषदका संयोजक इन्द्रहाङ खम्बुकाअनुसार लिम्बु भाषामा ‘खु’ को अर्थ नदी, ‘वा’ भनेको पानी र लुङ भनेको 'ढुङ्गा' हो। त्यसैले खुवालुङको अर्थ नदीको पानीमा अवस्थित ढुङ्गा हो।  

चीनको ह्वाङहो नदीको सभ्यतासँगै किराँती सभ्यता पनि सुरु भएको मानिन्छ। मानव सभ्यता नदी र खोलाको किनारै किनारमा भएको हुनाले किराँतीहरु पनि बसाइ सर्दै र सभ्यता जोगाउँदै पूर्वी नेपालको विभिन्न ठाउँमा पुगे।

मुन्धुमको मिथ अनुसार सप्तकोशी नदी बगेर गंगामा मिसिनुअघि माथि बग्ने गर्थ्यो। यसको पुष्टि भूगर्भविद्हरुले पनि गरेका छन्। पहिले सप्तकोशीमाथि बगेर ब्रम्हपुत्रमा गएर मिसिने गर्दथ्यो। ब्रम्हपुत्र नदी पनि सप्तकोशीलाई नै पछ्याउँदै साँघुरीगढी, धनकुटा–खुवालुङ भएको ठाउँमा आइपुग्यो। त्यहाँबाट पानीले बग्ने बाटो पाएन। 

खम्बुकाअनुसार, अप्ठ्यारो ठाउँ नहुँदा पनि नदी बग्न नसकेपछि किराँतहरुले दैवीय शक्ति छ कि भनेर पुजाआजा गरे। हालकोजस्तो कुखुरा र अन्य चिजहरुको सुविधा नभएको कारण जुरेली चरीलाई समातेर र वनबाट वन तरुलहरु खनेर चढाएका थिए। त्यसपछि पानी बगेर जान थाल्यो। त्यो ठाउँमा बग्नलाई केहीले पनि छेकेको थिएन, मात्र एउटा ढुङगा थियो। त्यसैमा शक्ति रहेको मानेर पुजा गर्न थाले।

सभ्यतालाई नै अगाडि बढाउने क्रममा किराँत जातीका एक भाइ अरुण नदी पछ्याउँदै अन्य ठाउँमा सरे भने अर्का भाइ दुधकोशी पछ्याउँदै गए र एकजना तमोर खोला पछ्याउँदै गए। जसले, दुधकोशी पछ्याउँदै गए, उनका सन्तान सुनुवार, थामी, जिरेल, सुरेल भए।

अरुण पछ्याउँदै जानेहरु वान्तवा, याम्पु, मेवाङ, याख्खा भए र तमोर पछ्याउँदै जानेहरु भने खेवा भए। यी सबै मिथकहरु मुन्धुममा उल्लेख गरिएको छ। 

हाल धामीहरु खुवालुङमा आएर विद्या गाउने गर्दछन्। आफ्नो पितृ थलोदेखि आएर धामी बस्ने, नाच्ने गर्दछन्। ‘अहिले पनि लिम्बु धामीहरुले यहाँ माघेसंक्रान्ति र अन्य बेलामा पूजा गर्ने गरेका छन्। धामीहरु वर्षको एकपटक यहाँ आउने गर्दछन्। यो ठाउँ किराँतीहरुको एकदमै ठूलो शक्तिको केन्द्र हो। धामीहरु शक्ति आर्जनका लागि पनि आउनै पर्ने हुन्छ,’ उनले भने।

तर, केही समययता खुवालुङ विवादमा तानिएको छ। किराँतहरुको धार्मिक आस्था रहेको खुवालुङलाई फोडेर जल यातायात सुचारु गर्ने सरकारको योजनाले लिम्बु जातीहरु विरोधमा उत्रिएका छन्।

‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित नेपालमा विकास र समृद्धि ल्याउने सपना बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाज चलाउने भाषण दिँदा सारा नेपाली खित्का छोडेर हाँसेका थिए। उनको चुनावी नारामा नै पानीजहाज ल्याउने थियो। तर, प्रधानमन्त्रीले आफ्नो पानीजहाज सपनामा खुवालुङ बाधक बनेको ठाने।

८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोशीमा जहाज चलाइछाड्ने उद्घोष गरे। 
उनको त्यस अभिव्यक्तिले किराँतहरुको मनमा ठेस पुग्यो। उनीहरु आक्रोशित भए।

साहित्यकार एवं आदिवासी जनजाति लेखक महासंघका संयोजक राजन मुकारुङले ‘किराँतहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमामात्रै नदेखोस्’ भन्दै आक्रोस पोखे। ‘यो कुनै जातिको मात्र सम्पत्ति होइन, राज्यको पनि सम्पत्ति हो,’ उनले भने। 

विकसित देशमा पनि संस्कृति, सम्पदालाई जोगाउन हरसम्भव प्रयास भइरहँदा नेपालमा विकासका नाममा विनाश गर्न खोजिएको उनले बताए। ‘हामी कुनै विकासविरोधी होइन। तर, आफ्नो सम्पदा, संस्कृतिमाथि ठेस पुर्‍याउँदा आफूपनि संकटमा पर्ने खतरा भएको र त्यस्तो विकासलाई भरोसा गर्न सकिँदैन,’ उनले भने। 

झण्डै ३५ सय टन रहेको खुवालुङलाई निकालेर अन्यत्र सार्ने विकल्प खोजिए पनि सम्भव नभएको बताउँछन् खम्बु। ‘खुवालुङ न त हामीले स्थापना गरेका हौं, न त हाम्रा पुस्ताहरुले गरेका हुन्। त्यो त स्वतः प्राकृतिक रुपमा स्थापना भएको हो। त्यो सार्ने भनेको हाम्रो बल वा क्षमताको कुरा होइन। ढुङ्गा त हामीले सारौंला तर त्यहाँको शक्ति त सार्न सकिँदैन नि !’, उनले भने। 

उनले भने, ‘यदि शक्ति पनि कसैले सारिदिन्छु भन्यो भने त्यो हामीलाई स्वीकार्य हुन्छ। त्यस्तै ढुङ्गालाई सिंगै निकालियो भने पनि स्वीकार्य छ। तर, त्यसलाई यताउताबाट फुटाएर निकाल्दा जम्मा ८/१० किलो बाँकी रहे त्यसको के अर्थ?' सार्ने कुराको हामी विरोध गछौं।’ 

‘त्यस्तै खुवालुङ भनेकै पानीमा भएको ढुङ्गा हो। जहाँ राखे पनि त्यसलाई सारेर पानीमै राख्नुपर्छ। त्यसलाई सारेर पाखामा राख्न भएन। पानीमै राखे पनि अरुण, तमोर र दुधकोशीको संगमस्थलमै राख्नुपर्छ। यदि सार्ने ठाउँमा अरुण, तमोर र दुधकोशीको संगमस्थल पनि बनाइदिन्छ भने हामीलाई स्वीकार्य हुन्छ। सुगम ठाउँमा मान्छेहरु धेरै भएको ठाउँमा राखिदिन्छु भन्यो भने पनि मान्य हुँदैन।’ उनले भने।

आफ्नो क्षेत्रमा विकास गर्न र पानीजहाज चलाउन चारवटा गाउँपालिका हतुवागढी–भोजपुर, सहिदभुमि–धनकुटा, बराहक्षेत्र–सुनसरी र बेलका नगरपालिका–उदयपुरका अध्यक्षहरु नेपाल पानीजहाज कार्यालय काठमाडौंमा योजना लिएर गएका थिए। उनीहरुले ढुङ्गा फुटाउन र सरसफाइ गर्न बजेट माग गरेका थिए। 

उनीहरुले प्रदेश सरकारबाट २५ लाख र पानीजहाज कार्यालयबाट १६ लाख गरेर ४१ लाख बजेट पानीजहाजका लागि छुट्याइएको जानकारी दिएको उनले बताए। 

बजेट फ्रिज हुनुअगाडि नै निर्णय दिन नगरपालिका प्रमुखहरुले धम्की दिएका थिए भने बराहक्षेत्रमा आयोजित कार्यक्रममा बजेट विनियोजन नभएको र माग गर्ने मात्र आफ्नो काम भएको भनेर कुरा बदलेको उनले बताए। 

त्यस्तै एक अन्तर्वार्तामा प्रदेश १ का प्रमुख शेरधन राईले सरकारले खुवालुङलाई फुटाउने नभनेको तर, निजी क्षेत्रले प्रधानमन्त्री ओलीलाई त्यहाँ भ्रमण गराउन र पानीजहाजको सम्भावना देखाउन ढुङ्गा फुटाउने प्रस्ताव राखेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्। आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई हराउँदै

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति

एमालेमा विवाद समाधानको प्रयास : होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र…

काठमाडाैं वैशाख २७ नजिकिँदै जाँदा नेकपा एमालेका दुई समूहबीच विवाद समाधानको पहल पुनः सुरु भएको छ जसअन्तर्गत बिहीवार अपरान्ह नेताहरु