post-slider post-slider

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

Image
A A

काठमाडौं - सरकारले इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

यी धर्मावलम्वीहरूले नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्।

Tags: