post-slider post-slider

आइपिएलमा राजस्थानको लगातार चौथो जित

Image
A A

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले आफ्नो विजयी अभियान जारी राखेको छ।

राजस्थानले चालू सिजनको १९औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ। यो सिजन राजस्थानको लगातार चौथो जित हो भने बैंगलुरुले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। बेंगलुरुको यो चौथो हार हो।

शनिबार जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको थियो। बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर १८३ रन बनाएको थियो। राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। खेलको म्यान अफ द म्याच जोस बटलर बने। उनले ५८ बलमा अविजित १०० रन बनाए। जोसको इनिङ्समा ९ चौका र ४ छक्का समावेश थियो।

आरसीबीका तर्फबाट विराट कोहलीले सिजनको आफ्नो पहिलो शतक प्रहार गर्दै ७३ बलमा ११३ रन बनाए। कप्तान फाफ डु प्लेसिसले ३३ बलमा ४४ रनको योगदान दिए। त्यस्तै राजस्थानका बलर युजवेन्द्र चहलले २ विकेट लिए।

राजस्थानका लागि रन पछ्याउने क्रममा जोस बटलरले शतक प्रहार गरे। उनले इनिङ्सको अन्तिम ओभर बलिङ गर्न आएका क्यामरन ग्रीनको पहिलो बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए र ५८ बलमा शतक पूरा गरे। कप्तान सञ्जु सामसनले ६९ रन बनाएका थिए ।

यो जितपछि राजस्थान रोयल्सको ४ खेलमा ८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको पाँच खेलमा यो चौथो हार हो। बैंगलुरुको ५ खेलमा एक जितसहित २ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ।

Tags: