post-slider post-slider

एमाले नेता महेश बस्नेतविरूद्ध जबरजस्ती करणीको जाहेरी

Image
A A

काठमाडौं- एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरूद्ध जबरजस्ती करणी गरेको जाहेरी परेको छ।

एक युवतीले हुलाकमार्फत् बस्नेतविरूद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्।

ती युवतीले हुलाकमार्फत् पठाएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

‘जाहेरी आएको छ, हामीले दर्ता गरेर निष्पक्ष ढंगले अनुसन्धान गरिरहेका छौं,’ अधिकारीले भने।

एमालेमै आवद्ध ३१ वर्षीय युवतीले बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोप लगाएकी छिन्। 

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीको आरोप छ। जाहेरीमा काठमाडौं महानगरपालिका-१० बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको अर्को आरोप छ। औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्।

Tags: