post-slider post-slider

रवि लामिछानेको आलोचना गर्दा स्पष्टीकरण सोधेपछि रास्वपाबाट अलग भए रमेश खरेल

Image
A A

काठमाडौं - रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्य रहेका खरेलले बुधबार राजीनामा बुझाएका हुन्।

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए। आफूले चलाउँदै आएको टेलिभिजन शोमा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ। 

२०७९ को निर्वाचनमा काठमाडौं-१ मा नेपाल सुशासन पार्टीबाट चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा-२ मा उम्मेदार बनेका थिए। सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।

केही समययता रास्वपाको पार्टी राजनीतिबाट टाढै रहेर उनले 'जनता जनार्दन' नामक कार्यक्रम चलाउँदै आएका छन्। उनले उक्त कार्यक्रम स्पेश फोरके टेलिभिजनबाट चलाइरहेका छन्। 

भ्रष्टाचारविरूद्ध आक्रामक नेपाल प्रहरीका पूर्वडिआइजी खरेलले लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे कार्यक्रममा टिप्पणी गरिरहेका थिए।

Tags: