post-slider post-slider

काठमाडौंको कोटेश्वरमा स्कुटर दुर्घटनामा एकको मृत्यु

Image
A A

काठमाडौँ- काठमाडौँमा शनिबार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेटनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

Tags: