post-slider post-slider

सहकारी प्रकरणमा मेरो छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

Image
A A

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही नभएको बताएका छन्। 

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएए। उनले यो विषयमा अदालतमा समेत मुद्दा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन्।

गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहीँ उत्तर दिने बताउँदै आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताए।  

समितिमा लामिछानेले आफूले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले दुर्गा प्रसाईंले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउँदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएए।

बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले  सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन्? भन्दै प्रश्न गरेका थिए।

उनले भने, ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ। त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो? छानबिनको कुरा होला? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन। रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो। त्यो मान्छे को हो? नाम मात्रै संयोगले मिलेको हो कि? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो। त्यसरी चिन्छौँ।'

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे। उनले भने, 'यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरू गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन?'

सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठूलो कोही हुँदैन भन्ने देखाउन आग्रह गरेका थिए।

Tags: