post-slider post-slider

मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Image
A A

काठमाडौं - मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते रहेको प्रहरीले जनाएको छ। 

गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार अपराह्न दुर्घटनामा परेको हो। 

४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा जिप दुर्घटना हुँदा  सोरू गाउँपालिका-७ का जिप चालक कविराज नेपाली र सोरू-२ की २५ वर्षीया कुसुम नेपालीको घटनास्थलमै मृत्यु भएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। 

उनका अनुसार घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए। जिपमा ६ जना सवार रहेको बुझिएको छ। 

Tags: