post-slider post-slider

जेलबाट जमानतमा छुटे डानी आल्भेज

Image
A A

काठमाडौं- बार्सिलोना तथा ब्राजिलका पूर्वफुटबलर डानी आल्भेज जेलबाट छुटेका छन्।

बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको बण्ड बुझाएपछि जेलबाट रिहा भएका हुन्।

यसअघि जमानतको रकम समयमा जुटाउन नसकेपछि उनको जेलबाट रिहाइ केहि दिन ढिला भएको थियो।

अदालतले गत महिना साढे चार वर्षको जेल सजाय दिएको थियो। तर त्यसको विरुद्ध आल्भेजले गरेको अपिलमाथि अदालतले फैसला गर्दै उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो।

उनी जनवरी २०२३ देखि हिरासतमा रहेका थिए। डिसेम्बर २०२२ मा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय आल्भेजलाई दोषी ठहर गरिएको थियो।

उनले आफ्नो ब्राजिलियन र स्पेनिश दुबै पासपोर्टहरू अदालतमा जम्मा गरेका छन् र उनी स्पेन छोडेर जान पाउने छैनन्।

साथै उनी साप्ताहिक रूपमा अदालतमा उपस्थित हुनुपर्ने बताइएको छ। अदालतले उनलाई पीडितसँग कुनै किसिमको सम्पर्क गर्न समेत रोक लगाएको छ।

Tags: