post-slider post-slider

विदेशबाट आएको चार दिनमै खुकुरी हानेर श्रीमतीको हत्या

Image
A A

झापाः बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशी खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। 

चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए। 

श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए। प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ।

देवनारायणकी श्रीमती ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन्।

Tags: