post-slider post-slider

आइपिएलमा चेन्नईको लगातार दोस्रो हार

Image
A A

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यस अघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ। यसअघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो।
 

Tags: