post-slider post-slider

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो

Image
A A

पोखरा, चैत १७ -  पोखरा महानगरपालिका-२७ आरुपाटामा बस दुर्घटना भएको छ। बस दुर्घटना भएर ठाडै उभिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठडिएको थियो।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सूर्यबहादुर रानाका अनुसार दुर्घटनाबाट गाडीका चालक पोखरा महानगरपालिका-२७ का टिकाराम विक र सहचालक पोखरा महानगरपालिका- १४ चाउथेका शालिकराम सुवेदी घाइते भएका छन्।

बस ब्रेक फेल भएर दुर्घटनामा परेको रानाले बताए।

 

Tags: