post-slider post-slider

श्रीमतीको हत्या गरेको आरोपमा झापामा श्रीमान् पक्राउ

Image
A A

झापा, चैत २२- आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा झापामा श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशी छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

३२ वर्षीया मोमसरी राजवंशीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घरायसी विवादका कारण देवनरायणले खुकुरी प्रहार गर्दा मोमसरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

खबर पाएपछि इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Tags: