post-slider post-slider

पहिलो नम्बरका क्षेत्रीलाई सूचीमै नराखी आठ एसपीको बढुवा सिफारिस

Image
A A

काठमाडौं- नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयले रिक्त दरबन्दी पूर्तिका लागि बुधबार राति बढुवा सूची निकालेको हो।

बढुवामा पहिलो नम्बरमा रहेका प्रदीपबहादुर क्षेत्री बढुवामै सूचीमै अँटाएका छैनन्। उनको ठाउँमा ढकेन्द्र खतिवडा बढुवा सिफारिस भएका छन्।

दोस्रो नम्बरमा अंगुर जिसी सिफारिस भएका छन्। त्यसपछि क्रमश: यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे सूचीमा समेटिएका छन्।

यस्तै, प्राविधिकतर्फ कमला लामालाई प्रहरी उपरीक्षक बढुवामा सिफारिस गरिएको छ।

आठ एसपी दरबन्दीमा १२ जना डिएसपीहरू प्रतिस्पर्धामा थिए।

प्रहरी उपरीक्षक बढुवा प्रहरी महानिरीक्षकको तजबिजी अधिकार हो। तर, विगतमा 'पावर सेन्टर'को नजिक रहेका तामाङ र घिमिरेका कारण लामो समय बढुवा रोकिएको थियो। जसका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर दबाबमा थिए।

बढुवा सूची निकाल्दा विगतझैं राजनीतिक शक्तिकेन्द्र हावी भएको देखिन्छ।

तामाङ केपी ओली प्रधानमन्त्री हुँदा उनका पिएसओ  र घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहालका पूर्वपिएसओ हुन्। यी दुई जना बढुवामा समावेश हुँदा पहिलो नम्बरका क्षेत्रीलाई भने अन्याय भएको छ। 

 

Tags: