post-slider post-slider

सुनकोशीमा बेपत्ता तीन जना बालबालिकाको शव भेटियो

Image
A A

उदयपुर, चैत १४- होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन्। उनीहरू आइतबार अपराह्नदेखि हराइरहेका थिए।

बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेकी ९ वर्षीया रेखा मगरको शव फेला परेको छ। 

त्यस्तै, ९ वर्षीय लोकचन्द्र मगरको शव बुधबार अपराह्न भेटिएको छ। यसअघि मंगलबार सोही ठेगाना बस्ने ६ वर्षीयरिदम मगरको शव मृत अवस्था फेला परेको थियो।

होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका थिए।

Tags: