post-slider post-slider

देशभर एसइई सुरू, अंग्रेजी विषयको परीक्षा सम्पन्न

Image
A A

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरू भएको छ।

बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

परीक्षा चैत २७ गतेसम्म चल्ने छ। परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्।

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक वटा परीक्षा केन्द्र रहेका छन्।

काठमाडौंमा ३८ हजार आठ सय ३१ तथा मनाङमा ४३ विद्यार्थी एसइईमा सहभागी छन्।

एसइई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए।

विगतका एसइई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन। त्यस्ता परीक्षार्थीहरूले मौका परीक्षा भने दिन पाउने छन्।

Tags: