post-slider post-slider

अवधि नपुग्दै एसपीहरूको सरूवा, जिल्ला इञ्चार्जहरूको जिम्मेवारी खोसियो

Image
A A

काठमाडौं- प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। कार्यालयले शुक्रबार राति जिल्ला एसपीहरू परिवर्तन गर्दै सरूवा निकालेको हो।

सरूवामा कतिपय जिल्लामा एसपीहरू अवधि नपुग्दै लखेटिएका छन्। कार्यालयले महेन्द्र खड्कालाई बारामा सरूवा गरेको छ।

बाराका एसपी सुरेश काफ्ले थिए। दिलीप घिमिरे रौतहट पुगेका छन्। नकुल पोखरेललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरूवा गरिएको छ।

भुवनेश्वर तिवारी धनुषा पुगेका छन्। बाँकेमा तुलबहादुर कार्कीको सरूवा भएको छ।

रविन्द्रबहादुर सिंहको सर्लाहीमा सरूवा भएको छ। त्यहाँका दयानिधि ज्ञवाली र महोत्तरीका श्यामकुमार राई जिल्ला गएको डेढ महिना हुँदै थियो। बाँकेका सुवासचन्द्र बोहराको ६ महिनामै सरूवा भएको छ।

धनुषाका मित्रबन्धु शर्मा र बाराका सुरेश काफ्लेको पनि अवधि नपुग्दै सरूवा भएको हो।

यस्तै, शान्तिराज कोइरालाको नुवाकोट सरुवा भएको छ। श्यामकुमार महतोको प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखा, अनुपम श्रेष्ठको प्रहरी महानिरीक्षकको सचिवालय, सञ्जयसिंह थापाको मधेस प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, सरूवा भएको छ।

यस्तै, शुक्रबार मात्रै दर्ज्यानी चिन्ह पाएका आठ जना प्रहरी उपरीक्षकहरूको पदस्थापन गरिएको छ।

जसअनुसार ढकेन्द्र खतिवडाको प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय बजेट शाखामा पदस्थापन गरिएको छ।

अंगुर जिसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका छन्।

यादव ढकालको प्रदेश प्रहरी कार्यालय कास्की, सन्तोष तामाङको प्रधान कार्यालय मानव स्रोत विकास विभाग, श्यामबाबु ओलियाको सुरक्षा परिषद, निरञ्जन दत्त भट्टको प्रधान कार्यालय, राजन लिम्बूको अपरध अनुसन्धान विभाग र विनोद घिमिरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा पदस्थापन गरिएको छ।

Tags: