post-slider post-slider

संखुवासभामा छोराले कुटपिट गर्दा बुवाको मृत्यु

Image
A A

विराटनगर - संखुवासभामा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ।

संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँस्थितमा छोराको कुटपिटबाट बुवाको सोमबार साँझ मृत्यु भएको हो। 

सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र उनका छोरा २८ बवर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। 

प्रहरीका अनुसार सुमन राईले बुवा युवराजको शरीरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए। 

 उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

Tags: