post-slider post-slider

रसुवा नाका हुँदै ल्याइएको १२८ ग्राम सुनसहित दुई जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले रसुवा नाका हुँदै काठमाडौं ल्याइएको १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखा चमनुब्री गाउँपालिका-६ का ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।

उनीहरूलाई दुई दिनअघि काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट १२८.७ ग्राम सुन बरामद भएको थियो। उक्त सुन हालको बजार मूल्यअनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ पर्न आउँछ।

पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

Tags: