post-slider post-slider

आईपीएलमा आज राति भिड्दै गुजरात र पन्जाब, कसले मार्ला बाजी ?

Image
A A

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १७ औं खेल आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच हुँदैछ।

सिजनको १७ औँ खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।  

गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा कुल १२ खेल खेलेको छ। जसमा उसले आठ जित र चार हार बेहोरेको छ। यसको मतलब उसले यहाँ ६७ प्रतिशत खेल जितेको छ।

यस मैदानमा गुजरातले आफ्नो पहिलो लिग उपाधि पनि जितेको थियो। टोलीले सन् २०२२ मा भएको लिगको पहिलो सिजनमा राजस्थान रोयल्सलाई सात विकेटले हराएर उपाधि जितेको थियो। 

यो सिजन दुवै टोलीको चौथो खेल हुनेछ। गुजरात तीन खेलबाट दुई जितसहित अंक तालिकाको पाँचौं स्थानमा छ। अर्कोतर्फ, पन्जाबले भने तीनमध्ये एक खेल मात्र जितेको छ र तालिकाको आठौं स्थानमा छ। 

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म जम्मा ३ खेल खेलिएका छन्। जसमध्ये गुजरातले २ पटक र पन्जाबले एउटामा मात्र जित निकाल्न सकेको छ। यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन्।

Tags: